काठमाडौं। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ रूटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्।
लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत श्रीवास्तवले भारत र नेपाल सरकारबीच हवाइ रूटको बारेमा भइरहेको छलफल सकारात्मक रूपमा अघि बढिरहेको बताएका हुन्।
उनले छलफलबाट सकारात्मक नतिजा आउने पनि प्रतिबद्धता जनाए।
उनले भने, ‘सांस्कृतिक सम्बन्धलाई नेपालसँग कसरी अघि बढाउने भन्ने बारेमा पनि हामीले छलफल गरिरहेका छौं। हवाइ रूटको बारेमा हामीले छलफल गरिरहेका छौं। यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ।’
उनले पछिल्लो समय योगा नेपाल र भारतमा मात्रै नभइ विश्वभर नै फैलिनु खुशीको विषय भएको बताए।