पाँचथर। हेवाखोला दोभानमा बेलिब्रिज निर्माण गर्न सुरु गरिएको छ। असार ३ गतेको बाढीले पुल बगाएको पाँचथरस्थित हेवाखोला दोभानमा बेलिब्रिज निर्माण गर्न सुरु गरिएको हो।
सडक डिभिजन कार्यालय इलामले मंगलबारदेखि निर्माणको काम सुरु गरेको छ।
हेवाखोला मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्डअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका–७ को दोभानमा पर्छ । २०३९ सालमा निर्माण गरिएको पुल असार ३ गते वर्षा सँगै आएको बाढीले बगाएको थियो।
पुल बगेपछि पाँचथरका हिलिहाङ,फालेलुङ र याङवरक गाउँपालिका हुँदै ताप्लेजुङ जिल्ला फिदिम र इलाम हुँदै तराइका जिल्लासँग सडक सम्पर्कविच्छेद भएको छ। मौसम प्रतिकूल नभए १५ दिनभित्रमा बेलिब्रिज निर्माणको काम सकिने सडक डिभिजन कार्यालय इलामले जनाएको छ।