काठमाडौं। संखुवावासभामा अविरल वर्षासँगै आएको बाढी–पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ। उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो।
वर्षासँगै आएको बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी–किमाथाङ्का सडक ठप्प भएको छ। गए राति वर्षासँगै आएको पहिरोले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको उत्तर–दक्षिण कोशी सडक कार्यालयले जनाएको छ। उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ।
मकालु गाउँपालिका–५ को मुढे र मकालु–३ मा पहिरो खसेको छ। मकालु गाउँपालिका–५ मा मुढे पहिरो हटाउन सुरु गरिएको सडक कार्यालयले जनाएको छ। उक्त स्थानमा वर्षा भईरहेको कारण पन्छाउन केही दिन समय लाग्ने बताइएको छ।