ताप्लेजुङ। पूर्वी नेपालको बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री र घाइते बिरामीका लागि उपचार सामग्री ढुवानी गर्न सुरु गरिएको छ। राहत सामग्री र घाइते बिरामीका लागि उपचार सामग्री हेलिकप्टरद्धारा ढुवानी गर्न सुरु गरिएको हो।
ताप्लेजुङको सिदिङ्गवा गाउँपालिका–६, मेहेलेमा विस्थापित नागरिकलाई वितरण गर्ने राहत सामग्री एवं घाइते र बिरामीको उपचारका लागि औषधिजन्य सामग्री विराटनगरबाट नेपाली सेनाको हेलिकप्टरद्वारा ढुवानी गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
मेहेलेमा गएको पहिरोमा परी निधन भएका दुई सर्वसाधारणको शव हेलिकप्टरबाट झापा पुर्याई आफन्तलाई बुझाइएको छ भने घाइते एक जनालाई पनि सोही हेलिकप्टरद्वारा उद्धार गरिएको नेपाली सेनाले बताएका छन्।