काठमाडौं। चितवनमा बाइपास सडकको विशाल चोक–आँपटारी खण्डको सडक विस्तारको काम अगाडी बढेको छ। उक्त सडकको करिब ६५ प्रतिशत काम सम्पन्न भएको हो।
सडक मेडियनको काम सकेर सडकको दुई साइडमा अस्फाल्ट गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
२०७७ असार २६ गते यो खण्डलाई ६ लेनको बनाउने र विशालचोकदेखि केन्द्रीय बस टर्मिनल चोकसम्मको ४ लेन सडकमा थप एकएक लेन कालोपत्रे गर्ने गरी सम्झौता गरिएको थियो।
उक्त सडक विस्तारको जिम्मा रायमाझी–पशुपती जेभीले पाएको थियो। उक्त निर्माण कम्पनीले २६ करोड ६ लाख ६६ हजार ७५३ रुपैयाँमा २०७८ फागुन २० गतेभित्र निर्माण सक्नेगरी निर्माणको जिम्मा लिएको थियो। तर समयमै नसकिएपछि म्याद २०८० असार मसान्तसम्मका लागि थपिएको छ ।