काठमाडौं। दार्चुलाको अपि हिमाल गाउँपालिका–१ मा निर्माण गर्न लागिएको अपर चमेलिया जलविद्युत आयोजनाको लागत ११ अर्बबढी लाग्ने अनुमान गरिएको छ। ५३.८५ मेगावाटको अपर चमेलिया जलविद्युत आयोजना निर्माणका लागि करिब ११ अर्ब १५ करोड रुपैयाँ लाग्ने भएको हो।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) अनुसार प्रतिमेगावाट लागत २० करोड ६० लाख ४६ हजार रुपैयाँ रहेको छ।आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ।
निर्माण थालेको ४ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ। आयोजना निर्माण सम्पन्न भएपछि ३३ किमी प्रसारणलाइन निर्माण गरेर बंलाच सबस्टेसनमा जोडिने छ।
आयोजनाका लागि २६.०४६६ हेक्टर जग्गा आयोजना निर्माण एवम संचालनका लागि आवश्यक पर्छ। अपिनाम्पा संरक्षण क्षेत्रको २३.७३६३ हेक्टर नेपाल सरकारको स्वामित्व भएको र २.३१०३ हेक्टर निजी जग्गा प्रयोग हुनेछ।