मोरङ। मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय सामुहिक रुपमा भोक हड्तालमा उत्रिएका छन्। हुलाकी राजमार्ग निर्माणको काममा ढिलाइ भएको भन्दै उनीहरु भोक हड्तालमा उत्रिएका हुन्।
गाँउपालिका–३ का अध्यक्ष जद्धुलाल कामत बिहीबार बिहानदेखि गाउँपालिकाको भवन अगाडि गएर भोक हड्ताल सुरु गरेका छन्। लामो समयदेखि निर्माण कार्य सुरु भए पनि अत्याधिक ढिलासुस्तीबाट स्थानीय आजित भएको उनीहरुको भनाइ छ।
भोक हड्तालमाअध्यक्ष कामतसँगै सदस्य शंकर पासवान, वल्सी दास, दुखनीकुमारी पासवान र सुलेखा देवी गन्गाई छन्। उनीहरुले सम्बन्धित निकायमा पटकपटक राजमार्ग निर्माण कार्य तत्काल सुरु गर्न माग गर्दै आएका थिए। केही दिनअघि यस विषयमा स्थानीयले गाउँपालिकामा ज्ञापनपत्र समेत बुझाएका थिए। कहिँकतैबाट आफूहरुको माग सुनुवाइ नभएपछि भोक हड्तालमा उत्रिनु परेको उनीहरुको भनाइ छ।