काठमाडौं। लमजुङको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
आज बिहान ५ बजेर ५५ मिनेटमा ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।
भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको छ। यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।