दार्चुला। गएरातिको वर्षाका कारण महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर सडक खण्ड अवरूद्ध भएको छ । सडकमाथिको ढुंगामाटो खसेपछि महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर सडक खण्ड अवरूद्ध भएको हो।
सडक अवरूद्ध भएपछि लामो तथा छोटो दूरीका यातायात अवरूद्ध भएका छन्। उक्त सडक खण्डको महाकाली नगरपालिका ८ असिगडामा माथिबाट भलले बगाएर ल्याएको ढुंगामाटो सडकमा जम्मा भएपछि सडक अवरूद्ध भएको बताइएको छ।