दोलखा। दोलखाको वैतेश्वर –६ मा तामाङ मिनी सङग्रहालय निर्माण गरिएको छ । उक्त सङग्रहालय नाम्दुका कालुराम जिम्बा तामाङको एकल प्रयासमा तामाङ निर्माण गरिएको हो।
बेलायत अध्ययनको क्रममा त्यहाँ म्यूजियमा रहेका महत्वपूर्ण सामानहरुबाट आकर्षित भएर मिनी सङग्रहालय निर्माण गरेको उनले बताए।
समाजसेवी, पेशाले चित्रकार र व्यवसायी तामाङले सङग्रहालयमा पुराना ठेकी, पेरुङगो, घुम, हर्पे, लालटिन, प्रेट्रोलमास, ओखल ढिकी, पुराना झ्याल ढोका, झाँक्रीका मूर्तिलगायतका लोमप हुन लागेका वस्तु राखिएको छ। उक्त सङ्ग्रहालय बन्न घर सहित करिब पाँच लाख रुपियाँ खर्च भएको बताइएको छ।
सङग्रहालय निर्माणले पर्यटकलाई आकर्षित गर्ने तथा शिक्षक र विद्यार्थीलाई पौराणिक वस्तुबारे बुझ्न, सिक्न मद्दत पुग्नुका साथै पुर्खाको जीवन र जीवनयापनका विधि बुझ्न सकिने वातावरण बन्न लागेकोमा स्थानीयहरु पनि खुशी भएका छन्।