काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उत्पादित विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौैंको वैदेशिक लगानी भित्रिने बताएका छन्।
काठमाडौंमा भएको नेपाल उद्योग परिसंघको २० औं वार्षिक साधरण सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले विद्युत व्यापार सुनिश्चित गरेर लगानी भित्र्याउन सक्ने बताएका हुन्।
प्रधानमन्त्रीले विद्युतमा खर्बौंको लगानी आउनसके मुलुकको अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्न सहज हुने बताए। उनले अर्थतन्त्रका समस्या र चुनौतीलाई स्थायी र दीर्घकालीन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिनुपर्ने आवश्यकता रहेको औंल्याएका छन्
प्रधानमन्त्री प्रचण्डले भने, ‘विद्युतको राम्रो बजारको व्यवस्था गर्नसक्यो भने खर्बौं लगानी नेपालमा आउनसक्छ। त्यसले नेपालको अर्थतन्त्रका समस्या र चुनौती छन्। त्यसको स्थायी र दीर्घकालीन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिने सकिने विश्वासको साथ काम भइरहेको छ।’’