सिन्धुली। सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिरोबाट ३१ घरमा क्षति पुगेको छ । आज बिहान आएको बाढीले गाउँका ३१ घरमा क्षति पुर्याएको हो।
बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसहितको खेत समेत बगाएको छ। बाढीपहिरोबाट पशुचौपाया र कखुरा पनि नष्ट गरेको छ। लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच सुँगुर र ६० कुखुरा मरेका छन् ।
बाढीपहिराले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरिरहेको वडा कार्यालयले जनाएको छ।