दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिका–७ मा अवस्थित विन्ध्यवासिनी पोखरी निर्माण गरिएको छ। सो पोखरी १५ लाख रुपियाँभन्दा बढीको लागतमा निर्माण गरिएको हो।
बागमती प्रदेश सरकारको १३ लाख रुपियाँ आर्थिक सहयोग र जनश्रमदान दुई लाख ६० हजार गरी कुल १५ लाख ६० हजार रुपियाँमा यो पोखरीका निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।
१३ लाख रुपियाँमा बागमती प्रदेशको अनुदान तथा २० प्रतिशत स्थानीयको श्रमबाट पोखरी निर्माण सम्पन्न भएको छ। गाउँपाकिाका अनुसार पर्यटक भित्र्याउन पोखरी निर्माण गरिएको हो। चारैतिर घेराबार लगाइएको छ। दृश्यावलोकनका लागि मानिस आउने क्रम बढेको स्थानीयले बताए।