काठमाडौं। रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित चन्द्रनिगाहपुर र गैँडाटार जोड्ने चाँदी नदीमाथि पुल निर्माणको काम सुरु गरिएको छ। वर्षौंदेखि अलपत्र रहेको चन्द्रनिगाहपुर र गैँडाटार जोड्ने चाँदी नदीमाथि पुल निर्माणको काम सुरु गरिएको हो।
वषौँ देखि अलपत्र रहेको पुल निर्माण कार्य सडक डिभिजन कार्यालय रौतहटले निर्माण कम्पनीलाई निर्माण कार्य अगाडी बढाउन दबाव दिएपछि पुल निर्माण कार्य अगाडी बढेको हो।
पुल बन्ने पर्खाइमा रहेका गैँडाटार क्षेत्रका बासिन्दाले रिले अनशन गरेर दबाब दिएका थिए। स्थानीयका अनुसार अहिले पुल निर्माण गर्ने कार्य दुई स्थानबाट स्परसँग बालुवा भरेर जोड्ने काम भएको छ।
आगामी पुस र माघभित्र पुल निर्माण सम्पन्न गरिने निर्माण कम्पनीको भनाइ छ। हालसम्म ७० प्रतिशत कार्य सम्पन्न भएको बताइएको छ।
पुल रु २२ करोड ४४ लाखमा बनाउने ठेक्का पप्पु–शिवशङ्कर जेभीले पाएको थियो।