काठमाडौं। सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । बिहिबार दिउँसो इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खस्दा सडक बन्द भएको हो ।
पहिरो खसेपछि सडकमा गाडी लाम लागेको थियाे । पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहीबार बिहान पनि त्यही ठाउँमा पहिरो खस्दा सडक खण्ड एक घण्टा बन्द भएको थियो ।