काठमाडौं। म्यानमारमा भएको हवाई आक्रमणमा १० जनाको ज्यान गएको छ ।
उत्तरी सागाइङ क्षेत्रको न्याउङ कोने गाउँमा सैनिक विमानले ३ वटा बम खसालेको छ । आक्रमणमा ८जना घाइते भएका छन् । आक्रमणमा ११ घरमा क्षति पुगेको स्थानीय बासिन्दालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
म्यानमारमा सैन्य ‘कु’ को दुईमा धैरै हिंसात्मक घटना भएका छन् । सन् २०२१ मा भएको सैन्य ‘कु’ पछि त्यहाँ आक्रमणका घटना हुँदै आएका छन् ।
अधिकारवादी समूहले सेनाले गैरन्यायिक हत्या गरेको, गाउँहरू ध्वस्त पारेको र हवाई आक्रमणलाई आफ्ना विरोधीको सजायका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसंघले गएको वर्ष सेनाले तीन सयभन्दा धेरै हवाई आक्रमण गरेको बताएको छ ।