खोटाङ। सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले खोटाङमा एउटा अस्पतालसहित सात वटा स्वास्थ्य भवन निर्माण गरिरहेको छ। आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो।
आयोजनाले यहि आर्थिक वर्षभित्र तीन वटा स्वास्थ्य चौकी भवन भने निर्माण सम्पन्न गरिसकेको छ। केपिलासगढी गाउँपालिकाको बासपानीमा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्लेमा र ऐंसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा स्वास्थ्य चौकी भवन निर्माण गरेर स्थानीय तहलाई हस्तान्तरण गरिसकिएको आयोजनाले जनाएको छ।
ऐंसेलुखर्क गाउँपालिकाको बाकाचोलमा निर्माणाधिन स्वास्थ्य चौकी भवनको काम ७० प्रतिशत सम्पन्न भएको छ।
जन्तेढुंगा गाउँपालिकाको देवीस्थान, खोटेहाङ गाउँपालिकाको वाप्लुखामा स्वास्थ्य चौकी भवन निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भइसकेको आयोजनाले बताएको छ।