काठमाडौं । विद्युतीय बस खरीद गर्दा महंगो परेपनि सञ्चालन खर्च कम लाग्ने गरेको पाइएको छ । विद्युतीय बस खरीद अरु बसभन्दा तुलनात्मक रूपमा महंगो भए पनि यसको सञ्चालन खर्च कम हुने भएको हो ।
हाल नेपालमा सञ्चालनमा रहेका विद्युतीय बसको खर्च हेर्दा पाँच गुणा कम लाग्ने गरेको पाइएको हो ।
डिजेलबाट चल्ने बस औसत छ पटक चक्रपथ घुम्दा दैनिक रू चार हजारसम्मको इन्धनमा खर्च हुन्छ । विद्युतीय सवारीसाधन चार्ज गर्दा महसुलवापत दैनिक झण्डै रू ७५० खर्च हुने गरेको पाइएको छ ।
खरीद मूल्य बढी भए पनि सञ्चालन खर्च कम रहेकाले यसबाट यात्रुलाई समेत भाडामा सहुलियत हुने देखिन्छ ।
विद्युतीय सवारी साधन चार्ज गर्नका लागि बनाइएका निजी संस्थाले निर्माण गरेका ‘चार्जिङ स्टेशन’ लाई सहुलियत दिने सरकारले व्यवस्था गरेको छैन । ‘चार्जिङ स्टेशन’ लाई सहुलियत दिँदा सञ्चालन खर्च कम हुने र यात्रुलाई अझै छुट दिन सकिने विद्युतीय बस सञ्चालकहरुको भनाइ छ।