काठमाडौं। नयाँ सरकार गठन भएको ६ महिनाको अवधिमा जलविद्युत आयोजनाका लागि साढे एक खर्ब भन्दा बढीको लगानी सुनिश्चितता भएको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको असार ११ गते ६ महिना पुग्दा जलविद्युत निर्माणका लागि एक खर्ब ६७ अर्ब बराबरको लगानी सुनिश्चितता भएको हो।
प्रधानमन्त्री अध्यक्षता रहने लगानी बोर्डले ५४ मेगावाट बराबरको बिजुली उत्पादन क्षमता रहेको पाँच जलविद्युत् आयोजनाका लागि लगानी स्वीकृत गरेको छ । ती आयोजनाको कूल लागत एक खर्ब ६७ अर्ब एक सय ६७ दशमलव ५९ अर्ब बराबर छ ।
त्यसैगरी नयाँ उद्योग दर्ता भई रु दुई खर्ब पाँच अर्ब बराबरको लगानी स्वीकृत भएको छ भने ती परियोजनाबाट २० हजार छ सय ४९ जनाले रोजगारी पाउने छन् ।
सरकारले समयमै किसानलाई रासायनिक मलको सहज आपूर्तिका लागि रु ३० अर्ब बराबरको बजेट उपलब्ध गराएको छ ।