फाइल तस्बिर
डोल्पा। डोल्पा– नेपालगन्ज हवाई सेवा एक सातादेखि अवरुद्ध छ। प्रतिकुल मौसमका कारण करिब एक साता देखि डोल्पा– नेपालगन्ज हवाई सेवा भएको हो।
हवाइ सेवा अवरुद्ध हुँदा यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् । विभिन्न कामले नेपालगन्ज झर्न जुफल विमानस्थलमा पुगेका यात्रुहरू जुफलका होटलहरुमा अलपत्र अवस्थामा भेटिन्छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण डोल्पाका अनुसार लगातारको वर्षातले पाँच दिनदेखि हवाई सेवा अवरुद्ध भएकाले यात्रुहरूलाई समस्या परेको हो।