काठमाडौं। २३५ मेगावाटको हुम्ला कर्णाली–१ र ३३५ मेगावाटको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन ९इआइए० अध्ययन हुने भएको छ।
हाइड्रो कन्सल्ट इन्जिनियरिङले ५७० मेगावाटका यी दुई जलविद्युत आयोजनाको वातावरणीय अध्ययन गर्ने भएको हो।
यी दुई आयोजनाको वातावरणीय अध्ययन गर्न हाइड्रो कन्सल्ट र प्रवर्द्धक कम्पनीबीच शुक्रबार सम्झौता भएको छ। दुवै आयोजनाको प्रवर्द्धक कर्णाली वाटर पावर प्रालिसँग सम्झौता भएको हाइड्रो कन्सल्टले जानकारी दिएको छ ।
हाइड्रो कन्सल्ट जलविद्युत सम्बन्धि अध्ययन गर्ने नेपालको अग्रणी परामर्शदाता कम्पनी हो । यो कम्पनीले नेपालसहित पाकिस्तान, केन्या लगायत देशमा समेत पुगेर काम गरेको छ ।