काठमाडौं। हिमाल पारिको पर्यटकीय जिल्ला मनाङको तिल्चे गाउँ सुरक्षित बनेको छ। उक्त गाउँ दूधखोलामा तटबन्धनपछि सुरक्षित बनेको हो।
नासोङ गाउँपालिका वडा नम्बर ६ र ७ अन्तगत रहेको तिल्चे गाउँ मनास्लु पदमार्गमा पर्छ । मनाङको पुरानो सदरमुकाम थोचे हुँदै पुगिने तिल्चे गाउँ तिब्बतसँगको भन्सार नाका हो।
पर्यटकसँगै स्याउ खेती र जडिबुटीको लागि उपयुक्त मानिएको तिल्चे गाउँलाई २०६३ असार २९ गते आएको दूध खोलाको बाढीले तहसनहस पारेका थियो। बाढीले तिल्चेबाट सदरमुकाम चामे र छिमेकी जिल्ला लमजुङतर्फ आवतजावत गर्ने बाटो मात्रै भत्काएन, गाउँको सौन्दर्य नै उजाड बनाइदियो । तिल्चमा लामो प्रयासपछि दूधखोला नियन्त्रण कार्यमा सफल भएको छ । दूध खोला नियन्त्रणसँगै तिल्चे गाउँको विगमा गुमेको सौन्दर्य फर्किएको छ ।
दूधखोला गण्डकी प्रदेश सरकारको ,उर्जा,जलश्रोत तथा सिचाइ मन्त्रालय, खानेपानी,जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुको पहलमा नियन्त्रण गरिएको हो।