लमजुङ। बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । पुल भाँचिएपछि पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको हो।
बेँसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल भाँचिएपछि सडक अवरुद्ध भएको हो। यी पुलहरुको आजदेखि निर्माण सुरु गरिने बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ।
यस स्थानमा अन्य वैकल्पिक सडक मार्ग नभएकाले यातायात सेवा दुई दिनसम्म अवरुद्ध हुने योजना कार्यालयले जनाएको छ।
यस स्थानमा दुई वर्षअघि काठे पुल निर्माण गरिएको हो । पुल जीर्ण भएपछि पुराना काठ हटाएर अहिले नयाँ राख्न थालिएको छ। पुल निर्माणका लागि मङ्गलबारबाटै रुख काट्ने, पुलका लागि फलेक बनाउनेलगायत काम भइरहेको बताइएको छ।