बैतडी। वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोका कारण गत रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाड भन्ने स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटबाट छुट्ने सवारीसाधन पूर्ण रूपमा बन्द छन्। पहिरो पन्छाउन जेसिबी पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।