काठमाडौं। अबिरल वर्षापछि आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको मेची राजमार्ग हिजोदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। पुल बगाएको २८ दिनमा बेििब्रज निर्माण गरेपछि पूर्णरुपमा सञ्चालनमा आएको हो।
पुल बगाएको चार साताभित्र बेलिब्रिज निर्माण गरी यातायात सुचारु गराउन सफल भएको सडक विभागले जनाएकोछ। असार ३ गते आएको बाढीले हेवा खोला पुल बगाएपछि ताप्लेजुङ जिल्लाको मेची राजमार्गसँगको यातायातको सम्बन्ध बिच्छेद भएको थियो।
पुल बगेलगतै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले क्षतिग्रस्त क्षेत्रमा पुगेर तत्काल निर्माण सक्न निर्देशन दिएका थिए। निर्देशन दिएको २८ दिनभित्र बेलिब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।