पोखरा। अविरल वर्षाका कारण पोखरा ५ र ८ जोड्ने राधाकृष्ण मन्दिर नजिकैको फिर्केखोलाकोपुल भत्किएको छ । अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ५ र ८ जोडने पुल भासिएको हो ।
पुल भासिएपछि सवारी आवागमन बन्द छ । पुल भासिएको जानकारी पाउने बित्तिकै पोखरा महानगरका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद बराल र ८ का अध्यक्ष रुद्रनाथ बराल लगायत भासिएको ठाउमा पुगेका थिए।