काठमाडौं। कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण थालिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने भएकाले नयाँ हवाई डिपो निर्माण गर्न लागिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त डिपोको सोमबार शिलान्यास गरेका छन् । हवाई इन्धन डिपो पोखराका अनुसार १२ लाख किलोलिटर क्षमताका तीनवटा डिपो निर्माण गरिनेछन् ।
डिपो निर्माणका लागि ७७ करोड खर्च हुने नेपाल आयल निगमले जनाएको छ। उक्त आयोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्याङ्क्स जेभीले पाएको छ ।