झापा । निर्माण व्यवसायी संघ झापाको १४ औं साधारणसभा मंसिरको तेस्रो साता हुँदैछ । व्यवसायी संघको साधारणसभा आगामी मंसिर २१ र २२ गते विर्तामोडमा हुने भएको हो।
यस वर्षको साधारणसभा चुनावी साधारणसभा भएकोले झापाका निर्माण व्यवसायीहरुले यसलाई निकै महत्वका साथ लिएका छन् ।
साधारणसभाको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले गर्ने भएका छन् ।
हाल संघमा २७६ निर्माण व्यवसायी आबद्ध रहेको संघका कार्यालय प्रमुख ज्योति पौडेलले जानकारी दिए ।