काठमाडौं। स्याङ्जाको फेदीखोला गाउँपालिकामा विद्युतीय चुलो (इन्डक्सन) जडानको काम सुरु गरेको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिका र उपभोक्ताको लागत साझेदारीमा फेदीखोला गाउँपालिकामा इन्डक्सन चुलो जडानको काम थालिएको गाउँपालिकाको कार्यालय जनाएको छ।
चुलो जडान गर्न इच्छुकले गाउँपालिका र सम्बन्धित वडामा दिएको आवेदनका आधारमा गाउँपालिकाले चुलो जडानका लागि घरघरमा प्राविधिक पठाउने गरेको छ। ८० प्रतिशत छुटमा आवेदकले एक हजार ३० रुपैयाँमा चुलो जडान गरिएको गाउँपालिकाले जनाएको छ। ग्यासको मूल्य आकाशिँदै जाँदा स्थानीयबासी इन्डक्सन चुलोतर्फ आकर्षित भएको पालिकाले जनाएको छ।