काठमाण्डौं। काष्ठमाण्डपको पुनःनिर्माण कार्य अव ४ प्रतिशत मात्र बाँकी छ। ९६ प्रतिशत काम सक्किसकेको कारणले दशैं अघि निर्माणको काम सक्ने उधेश्य पुनःनिर्माण समितिको रहेको छ। अरु काम सम्पन्न गरि यतिबेला छानो छाउने काम भइरहेको छ।
२०७२ सालमा गएको विनाशकारी भुकम्पले काष्ठमाण्डपलाई पुर्ण रुपमा ध्वस्त बनाएको थियो। काठमाण्डौं महानगरपालिकाले पुनःनिर्माणको लागि ११ करोड ५० लाख सहयोग गरेको छ।
सातौं शताब्दीमा निर्माण भएको पुरानो संरचनालाई जगेर्ना गर्नुपर्छ भन्ने द्देयले महानगरपालिकाले सहयोग गरेको हो। निर्माण कार्य २०७५ मा सुरु गरिएको थियो। ऐतिहासिक संरचनाको मुख्य गजुर साउनको दोस्रो सातामा भित्राएको थियो उक्त गजुरलाई काष्ठमण्डपभित्र बिसाएर पण्डित प्रा यज्ञमानपति बज्राचार्यको नेतृत्वमा चर्या नृत्यसहित प्रतिस्थापन गरिएको थियो।