चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा मंगलबार बिहान पहिरो खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।
‘पहिरो पन्छाउने क्रम शुरु गरिएको छ’ ‘पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न नसकिने बताइएको छ।