बुटवल। गएरातिदेखि परेको अविरल वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका-३ हेड बक्स नजिक पहिरोले सडक अवरुद्ध भएको हो।
सडक माथिबाट ढुंगा र लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
पहिरो हटाउने काम सुरु भएपनि सवारी सञ्चालन हुन केही समय लाग्ने दोभान प्रहरी चौकीले जनाएको छ। सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा, गुल्मी, अर्घाखाँचीलगायतका स्थानमा जाने र आउने सवारी साधन बीच बाटोमै रोकिएका छन्।