काठमाडौं। रुकुम पूर्वमा वर्षाका कारण सडक अबरुध भएको छ । पहिरोले सडक अबरुधहुदा पैदलयात्री तथा सवारी साधनहरुलाई आवत जावत गर्न कठीन भएको छ । मध्य पहाडी लोग मार्ग सडक सञ्चालन भए पनि रुकुम पूर्वको तिन वटै स्थानिए तह हरुको गाउँ बस्ती हरुमा बर्षात सुरु भए संगै ग्रामीण सडक भने अवरुद्ध बनेकाछन् । सडक अवरुद्ध हुँदा ग्रामीण भेगका नागरिकहरुको जन जिवन प्रभावित बनेको छ।
केही दिन यता नियमित परेको वर्षाले भूमे गाउँपालिकाको वडा नम्बर ९ को चुन्बाङ र ८ को कुचिबाङ सिमखोला भूमे ६ को रुन्ति नाखे, तामारी खाम्दै महत, वडा नम्बर ५ को डालिबाङ २ नम्बर वडाको गाबाङ आरु डाडाँ र ३ नम्बर वडाको मोराबाङ र क्याङसी, झुम्लाबाङको अधिकांश सडक अवरुद्ध भएका छन ।
ग्रामीण सडक खुलाउनको लागि भूमे गाउँपालिकाको जे सि वि सन्चालनमा छ । तर जेसिवीले अबरुध सडक सञ्चालमा ल्याइए पनि पानि पर्ने वितिकै सडक पुनह बन्द हुने गरेको बताइएको छ । विहान मर्तत गरेको सडक साझ अबरुध हुने सडक पुर्बधार विकास कार्यलय भूमे साखाले जनाएको छ।