काठमाडौं। नेपालमा हवाई दुर्घटना नियन्त्रण गर्नका लागि युरोपेली मापदण्ड लागू गरिने भएको छ।
नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्रमा युरोपेली मापदण्ड लागू गर्न युरोपेली युनियन अन्तर्गत युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इआसा) मातहतका तीन जना विज्ञमार्फत सोमबार कार्यशाला गोष्ठी सुरु गरेको हो।
सोमबार सुरु भएको कार्यशाला गोष्ठी शुक्रबारसम्म चल्नेछ।
हवाई दुर्घटना नियन्त्रणसँगै पाइलटको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशाला गोष्ठी सुरु गरिएको छ।
जहाज उडानमा युरोपेली मापदण्ड प्रयोग गरी उड्डयन क्षेत्रलाई थप प्रभावकारी बनाउनका लागि चाँडै अहिलेको मापदण्ड परिमार्जन गरिने समेत बताइएको छ।