कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरका स्थानीयबासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्। महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका हुन् ।
जोगबुढा र महाकाली नदीको दोभान भएकाले नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्ने गर्छ। हाल बस्तीबाट ४०–५० मिटरको दूरीमा महाकाली नदीले कटान थालेपछि यसलाई रोक्न अस्थायी तटबन्ध गर्न थालेको नगरपालिकाले जनाएको छ। अहिलेसम्म नदीले दुई बिघाभन्दा बढी जग्गा कटान गरिसकेको छ।
ठूलो बाढी नआउँदै महाकालीले कटान गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित बनेका छन् । यहाँको खेतीयोग्य जग्गा नदीले तीव्ररूपमा कटान गरिरहेको छ।