उर्लाबारी। मोरङको बेलबारी–५, कसेनीस्थित लोहन्द्रा खोलाको पक्की पुल निर्माण सम्पन्न भएको छ। उक्त पुल मोरङ सिँचाइ आयोजनाले निर्माण गरेको हो।
सो पुलको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उद्घाटन गरेका छन्। उक्त पुल निर्माण तोकिएको समयअवधि भन्दा अगाडीनै निर्माण सम्पन्न भएको हो। पुल उद्घान गर्दे मन्त्री मोदीले निर्माण कम्पनीलाई धन्यवाद पनि दिए।
साइफन निर्माणका लागि आयोजनाले ४५ करोड २५ लाख २६ हजार ४५७ रुपियाँको लागत अनुमान तयार गरेको थियो । टेन्डर आह्वानपछि स्वामी नारायण तथा आशीर्वाद जेभीले २९ करोड ९७ लाख ५६ हजार ७७१ रुपियाँमा निर्माण गर्ने ठेक्का लिई २०८० को भदौ ३० गते निर्माण सम्पन्न गरेर साइफन आयोजनालाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीसँग विभागले २०७६ फागुन ३० गते सम्झौता गरेको थियो । २०७७ को वैशाखदेखि काम थालेको निर्माण कम्पनीले बजेट निकासा ढिलो भए पनि काम नरोकेको आयोजनाले बताएको छ। खोलामा १६५ मिटर लामो दुई लेनको पुल निर्माण भएको छ ।