हुम्ला। हुम्लामा आरसीसी नहर भएको सिंचाई कुलो निर्माण भएपछि कृषि उत्पादनमा दोब्बरले वृद्धि भएको छ। दुई आर्थिक वर्षमा खाजी खोलादेखि सेरी सिंचाई आयोजना सम्पन्न भएपछि कृषि उत्पादनमा वृद्धि भएको हो।
आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने किसानलाई सिंचाई कुलोले गर्दा आवश्यकता अनुसार बाली लगाई उत्पादनमा बृद्धि भएको छ। ताँजाकोट गाउँपालिका–५ का किसान सिंचाई कुलो निर्माणले खेती गर्न सजिलो र आवश्यकता परेको बेला सिंचाई गर्न सहज भएको बताउँछन्।
यसअघि खेतीपाती गर्न आकाशे पानीको भर पर्नु परिरहेको अवस्थामा सिंचाई कुलो निर्माणले त्यो समस्या हटेको छ।
खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका अनुसार यो सिंचाई आयोजना आर्थिक वर्ष २०७७/०७८ बाट सुरु भएर २०७८/०७९ मा सम्पन्न भएको हो ।
स्थानीय उपभोक्ता समीतिमार्फत निर्माण कार्य भएको सिंचाई आयोजनाका लागि कार्यालयले एक करोड पाँच लाख रुपियाँ बजेट खर्च गरेको थियो । यसबाट इन्टेक निर्माण र एक हजार मिटर आरसीसी नहर निर्माणका साथै आवश्यक स्थानमा सुख्खा गाह्रा समेत निर्माण गरिएको छ । आयोजनाले २० हेक्टर खेती योग्न जमिन सिंचित भएको छ।