एजेन्सी। हङकङमागर्मीका कारण निर्माण क्षेत्रका एक कामदार बेहोस भएका छन्। शुक्रबार काइतक क्रुज टर्मिनलनजिकैको शिङफुङ रोड साइटमा गर्मिले एक मजदुर बेहोस भएका हुन्।
उक्त साइटमा काम गर्ने अन्य ६ जनाले पनि अस्वस्थ महसुस गरेको बताए। निर्माण क्षेत्रमा सात मजदुर कार्यरत थिए।
तातो मौसम र सानो बेसमेन्ट क्षेत्रमा हावा खेल्ने पर्याप्त भेन्टिलेसन नहुँदा घटना घट्न गएको स्रोतले जनाएको छ।
मजदुर बेहोस भएपछि घटनास्थल पुगेको अब्जर्भेटरीले हिटस्ट्रोक रिपोर्ट बनाउने समयमा उक्त क्षेत्र आसपासको तापक्रम ३४ डिग्री सेल्सियस रहेको जनायो।
आपत्कालीन सेवा घटनास्थल पुग्नुअघि कामदारहरूलाई निर्माण क्षेत्रबाट बाहिर निकालिसकिएको थियो।
बेहोस भएका कामदारको पछि होस खुलेको छ। प्रहरी स्रोतका अनुसार उनीसहित अन्य तीन जनालाई उपचारका लागि क्वान तङस्थित युनाइटेड क्रिश्चियन अस्पताल पठाइयो भने अन्य तीन सामान्य अवस्थामा फर्किसकेका थिए।