काठमाडौं। काठमाडौंको महांकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक घाइते भएका छन्। सोमबार राति सवा २ बजे ना २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किएको हो।
दुर्घटनामा ओखलढुंगा घर भई बसुन्धरा बस्ने ५९ वर्षीय तेजबहादुर खत्री घाइते भएका छन्। घाइते भएका चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर छ।
मन्दिरमा ट्यांकर ठोक्किएपछि मन्दीरको भित्तामा क्षति पुगेको छ। प्रहरीका अनुसार ट्यांकर अनियन्त्रित भएर दुर्घटनामा परेको हो।