परासी। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ स्थित नारायणी नदीमा ८ वर्षमा पनि झोलुंगे पुल निर्माण सम्पन्न नहुँदा स्थानीय जोखिमपूर्ण डुंगाको यात्रा गर्न बाध्य छन् । तीन तर्फ नारायणी नदी र एक तर्फ भारतीय सिमाना रहेको सुस्ता पुग्न स्थल मार्ग छैन् ।
२०७२ असोजमा निमार्ण कार्य सुरु भएर २०७५ पुषमा सम्पन्न हुनुपर्ने पुल अहिलेसम्म पनि पूरा नहुदा स्थानीय वर्षाको समयमा भारतीय भुमी हुदै आवातजावत गर्न बाध्य छन् । नदीमा पुल नहुँदा सुस्ताबासीलाई प्रशासनिक र औषधि उपचारका लागि हिउँदमा डुंगा र वर्षामा भारतीय भूमि हुँदै हिँड्डुल गर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताए।
निमार्ण सामग्री र कोरोना कहर देखाउँदै दुईपटकसम्म भ्याद थप भएपनि अहिलेसम्म जम्मा ८० प्रतिशत मात्र काम भएको छ । तेस्रोपटक थप भएको म्याद २०८० असार २४ गते सकिएको छ । १ किलोमिटर ५ सय ७१ मिटर लम्बाइको निर्मााणाधीन पुलको पिल्लरको काम सम्पन्न भएको र बाँकी काम केही महिनामा नै सम्पन्न गर्ने त्रिशूली आश्रय जेभी कन्ट्रक्सन कम्पनीका प्रतिनिधि श्यामबहादुर तामाङले बताए । भ्याटसहित २९ करोड रुपैयाँमा ठेक्का लिएको हो । कान्तिपुरबाट