रुपन्देही। रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–१०, पानबारीमा निर्माणाधीन पुल बाढीले बगाएको छ। सैनामैना रिङरोड अन्तर्गत पर्ने पुलको आधा भाग नै बाढीले बगाएको हो।
निर्माण व्यवसायीको लापरबाहीका कारण पुल निर्माणको चरणमै पुल बाढीले बगाएको स्थानीयको आरोप छ। पुल निर्माणमा भएको ढिलाइ र लापरबाहीकै कारण बाढीले पुल बगाएको उनीहरुले बताए।
पुल निर्माणको पहिलो वर्ष छिटो छिटो काम भए पनि त्यसपछि भने पुल निर्माणको काम अलपत्र परेको थियो। बाढीले ढलान गर्न लगाइएको टेका र बिछ्याइएको स्ल्याप सबै बगाएको छ।
सैनामैना नगरपालिकाका जनप्रतिनिधिहरुले पुल बाढीले भत्काएको बताउँदै सङ्घीय बजेट अन्तर्गत पुल बनेकाले आफूहरूलाई त्यस विषयमा थप जानकारी नभएको बताएका छन्।
पुल निर्माण कार्य रमन ओम इन्फोटेक जेभी काठमाडौंले गरिरहेको छ।