म्याग्दी। म्याग्दीको घार खोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ६ मा निर्माण भएको घार खोला जलविद्युत आयोजनाको १४ मेगावाट विद्युत प्रसारण लाइनमा जोडिएको हो।
सबै संरचना र उपकरणको परीक्षण सफल भई उत्पादित विद्युत् आइतबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
म्याग्दी हाइड्रोपावर प्रालिले निर्माण गरेको घार खोला जलविद्युत आयोजनाको परीक्षण सफल भई दाना स्वस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाले जनाएको छ। बाँध, क्यानल, सुरुङ, पेनस्टक, टर्वाइन, जेनरेटर, स्वीचार्ड र प्रसारण लाइनलगायत सबै संरचना तथा उपकरणको परीक्षण सफल भएको छ ।१५ दिन भित्र आयोजनाले व्यावसायिक उत्पादन थाल्ने बताइएको छ।
नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीको उपस्थितिमा गत असार २६ गतेदेखि आयोजनाले परीक्षण उत्पादन थालेको थियो ।