काठमाडौं। हुलाकी राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरिएको छ। राजविराज नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरेको हो।
राजविराज वडा नम्बर ६ र ७ मा पर्ने सिरहा रोडमा हुलाकी राजमार्गको सडकलाई अतिक्रमण गरी बनाइएका निजी घर लगायतका संरचनाहरु आइतबार बिहानदेखि डोजर लगाएर नगरपालिकाले हटाउन सुरू गरेको हो ।
अतिक्रमित संरचना नहटाइँदा उक्त खण्डमा हुलाकी मार्ग निर्माण हुन सकिरहेको थिएन । अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना गरिए पनि नहटाइएपछि डोजर लगाएर भत्काउनु परेको राजविराज नगरपालिकाले जनाएको छ।