रुपन्देही। रुपन्देहीको देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रशासनिक एवं शैक्षिक भवन निर्माण सुरु भएको छ। आइतबारदेखि सात करोड १६ लाख २९ हजार रुपैयाँको लागतमा २ तले भवन निर्माण थालिएको हो।
देवदहमा रहेको करिब एक सय विघा क्षेत्रफलमा पूर्वाधार निर्माणको गुरुयोजना बनाएको विश्वविद्यालयले प्रशासनिक र शैक्षिक भवन निर्माण सुरु गरेको विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार तिलकराम आचार्यले बताए ।
देवदहमा विश्वविद्यालयले करिब एक सय विघा जमिन मन्त्रिपरिषद्को निर्णयबाट प्राप्त गरेको छ। एक कार्यक्रमबीच प्रतिनिधिसभाका सदस्य एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले शिलान्यास गरेका हुन् ।
यस अवसरमा बोल्दै विश्वकर्माले विश्वविद्यालयको स्थापनाले देवदहको पुरातत्वको अध्ययन अनुसन्धान तथा स्थानीयको जीवनोपयोगी शिक्षामा सफलता मिल्ने बताए ।