ताप्लेजुङ। तोक्पोगोलामा सहयोग सङ्कलन गरेर गुम्बा निर्माण गर्न सुरु गरिएको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण गर्न थालेका हुन्।
यस क्षेत्रमा परापूर्वकालदेखि नै गुम्बा रहेको थियो तर मर्मतसम्भार नहुँदा जीर्ण हुँदै गएपछि नयाँ गुम्बा बनाउन स्थानीय जुटेका हुन्।
तोक्पेगालामा जन्मिएर अमेरीका पुगेकाले सहयोग सङ्कलन गरेर रु ४५ लाख पठाएपछि गुम्बा निर्माण प्रक्रिया सुरुआत भएको निर्माण समितिले जनाएको छ। गुम्बा निर्माण गर्नका लागि एक जर्मनी नागरिक समेतले आठ लाख सहयोग उपलब्ध गराएको स्थानीयले बताएका छन्।
मिक्वाखोला गाउँपालिकाबाट रु २१ लाख उपलब्ध भएको निर्माण समितिले जनाएको छ । गुम्बा निर्माणका लागि अनुमानित रु दुई करोड लागत भए पनि अहिले रु २५ लाख ऋण रहेको बताइएको छ।