तेह्रथुम। म्याङलुङ नगरपालिका–३ नागदहमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। घरको दैलो खोल्ने क्रममा करेन्ट लागेर शनिबार बिहान ८४ बर्षीया बाटुली माया विश्वकर्माको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार घरको मुलढोका माथि रहेको बिजुलीको तार मुसाले टोकेर नाङ्गो बनाएको र सोही तार छुँदा विश्वकर्मालाई करेन्ट लागेको हो । उनको घटना स्थलमै मृत्यु भएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र पोस्टमार्टम मार्फत पश्चात् शव परिवारलाई जिम्मा दिने तयारी रहेको प्रहरीले जनाएको छ ।