चितवन। पहिरो खसेर मुग्लिङ नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। चितवनको मुग्लिङ नारायणगढको तोपेखोलामा पहिरो खसेपछि सोमबार साँझदेखी बाटो अवरुद्ध भएको हो।
चितवनको इच्छाकामना ६ तोपेखोलामा साँझ ८ बजे पहिरो खसेको थियो। ठुलो पहिरो खसेकोले पन्छाउन धेरै समय लाग्ने भएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ।
सोमबार राती देखिनै पन्छाउने काम भएको डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। ठुलो पहिरो खसेकाले पन्छाउन समय लाग्ने भएकाले वैकल्पिक बाटोबाट यात्रा गर्न डिभिजन कार्यालयले जनाएको छ।