काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने विशिष्ट व्यक्ति (भीआइपी)ले अब भीआईपी कक्षबाट जहाज पार्किङस्थलसम्म आफ्नो गाडी लैजान नपाउने भएका छन् ।
भीआइपीहरुका लागि सुरक्षा प्रहरीसहितको सम्बन्धित वायुसेवाको भीआइपी सवारी साधनले जहाजसम्म लैजाने व्यवस्था मिलाइएको छ।
अतिविशिष्ट/विशिष्ट आवागमन व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० अनुसार यस्तो नियम अनिवार्य गरिएको बताइएको छ।
यसअघि पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्षहरु तथा मन्त्रीहरुले आफ्नै गाडी जहाजसम्म लैजाने गरेकोमा अब यो रोकिने भएको हो।
तर, भीभीआइपी (अतिविशिष्ट)को हकमा भने सुरक्षा एस्कर्टसहित आवागमनको व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ ।