म्याग्दी। पहिरोले अवरुद्ध बनेको बेनी–जोमसोम सडक सञ्चालनमा आएको छ। हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइठेभीरमा अवरुद्ध भएको सडक आइतबार बिहानदेखि सञ्चालनमा आएको हो।
लगातारको बर्षासँगै सडकमाथिबाट निरन्तर खसेको पहिरोका कारण मर्मतमा समस्या हुँदा सवारी आवागमनमा समस्या भएको थियो । अबरुद्ध भएको सडक पन्छाएपछि रोकिएका सवारीसाधन गन्तब्यतर्फ पठाइएको छ।
सडक अबरुद्ध हुँदा बेनी–घाँसा सडक खण्डमा बीच–बीचमा रोकिएका सवारीसाधन गन्तब्यतर्फ लागेका छन् भने अझै पनि पहिरोस्थलमा भने जोखिम कायमै रहेको बेनी–जोमसोम–कोरला–कालिगण्डकी–करिडोर सडक आयोजनाले जनाएको छ।