कालिकोट। मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला गरिएको छ । कर्णाली करिडोको कालीकोटको नरहरिनाथ गाउँपालिका–८ को खुलालुको पक्की पुल बाँयातर्फको भाग मर्मतका लागि बन्द गरिएकोमा सोमबारदेखि खुल्ला गरिएको हो ।
खुलालु हिल्सा सडक खण्डको खुलालु कर्णाली पुलको बायाँपट्टिको जोखिम सडक मर्मतका लागि बन्द गरिएको सडक दश दिनपछि सञ्चालनमा आएको छ । खुलालु पक्की पुलको बायाँतर्फको भागमा निकै कठिन भूगोल रहेको कारणले मर्मतका लागि भदौ १ गतेदेखि बन्द गरिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।
सडक फराकिलो नभएकाले दश दिनका लागि सडक बन्द गराएको भए पनि अब बन्द गर्न नपर्ने भएको छ। सडक मर्मतको काम सकिएको भएपनि आरसिसी गर्न भने बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ।